|

काठमाडौं : झापाको मेचीनगर नगरपालिकाको प्रमुख र उप्रमुख पदमा एमालेका उम्मेदवार विजयी भएका छन्। 

प्रमुखमा गोपालचन्द्र बुढाथोकी २६ हजार ४७८ मत प्राप्त गरी विजय भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फका नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरे। 

उपप्रमुखमा एमालेका मीना कुमारी पोखरेलले २१ हजार ५९० मत प्राप्त गरी विजय भइन्।  उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको माओवादी केन्द्रका प्रकाश भण्डारीले १२ हजार ८१८ मत प्राप्त  गरे।

मेचीनगर नगरपालिकाको नतिजासँगै झापाको १५ वटै स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.