|

नेपालगञ्ज : हालै सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेले बाँके जिल्लाको  पालिकाको प्रमुख   जित्न सकेन। २०७४ को निर्वाचनमा चार पालिका र ३१ वडा जितेको एमाले सबै पालिकामा नेतृत्व गुमाउँदै २१ वडामा मात्र सीमित हुन पुगेको छ।

निर्वाचनको सबै पालिकाको नतिजा सार्वजनिक हुँदा आठ पालिका रहेको जिल्लामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ। कांग्रेसले पाँच पालिकामा प्रमुख–उपप्रमुख दुवै, दुई पालिकामध्ये एकमा प्रमुख, अर्कोमा उपप्रमुख जितेको छ।

जनता समाजवादी पार्टी ९जसपा०ले एक पालिका प्रमुख र दुई उपप्रमुखमा जित निकालेको छ भने नेकपा माओवादी केन्द्रले एक पालिका प्रमुख जितेको छ । 

जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार जिल्लाको कोहलपुर नगरपालिका, राप्तीसोनारी, डुडुवा, बैजनाथ, जानकी गाउँपालिका तथा नेपालगञ्ज उपमहानगरपालिकामा कांग्रेसले जित निकालेको छ। खजुरामा माओवादी केन्द्रले जित हासिल गरेको छ भने नरैनापुर गाउँपालिकामा जसपा पुनः विजयी भएको छ।

राप्तीसोनारीको अध्यक्षमा कांग्रेसका तप्त पौडेल र उपाध्यक्षमा पूर्णिमासिंह थारू, डुडुवाको अध्यक्षमा कांग्रेसका नरेन्द्र चौधरी र उपाध्यक्षमा शाहिदा बानो, जानकीको अध्यक्षमा कांग्रेसका छब्बन खाँ, र उपाध्यक्षमा रामप्यारी यादव निर्वाचित भएका छन्।

बैजनाथको अध्यक्षमा कांग्रेसकै प्रकाश शाह, उपाध्यक्षमा निर्मला रोकाय, नरैनापुरको अध्यक्षमा जसपाका मोहम्मद इश्तियाक अहमद साह र उपाध्यक्षमा जयन्ती श्रीवास्तव, कोहलपुरमा  कांग्रेसका पूर्ण आचार्य र उपप्रमुखमा सङ्गीता सुवेदी पौडेल विजयी भए। 

माओवादी–कांग्रेसको गठबन्धन रहेको खजुराको अध्यक्षमा माओवादीका डम्बर विक तुफान र उपाध्यक्षमा कांग्रेसका मञ्जु मल्ल विजयी भए। पाँचदलीय गठबन्धन रहेको नेपालगञ्ज उपमहानगरमा गठबन्धनका तर्फबाट प्रमुखका उम्मेदवार कांग्रेसका प्रशान्त विष्ट र उपप्रमुखका उम्मेदवार जसपाका कमरुद्दीन राई निर्वाचित भए। 

बाँकैमा राप्रपाले विरासत जोगाउन सकेन। राप्रपाले माओवादीबाट नन्दलाल वैश्यलाई पार्टीमा ल्याएर निर्वाचन लडाएको थियो।  नेपालगञ्जमा वैश्य तेस्रो स्थानमा पुगे।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.