|

सल्यान : स्थानीय निर्वाचनमा माओवादीलाई भोट हालेको भन्दै कुटपिट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

भर्खर सम्पन्न स्थानीय चुनावमा नेपाली कांग्रेसलाई भोट नहाली माओवादीलाई हालेको भन्दै छिमेकीले दार्मा गाउँपालिका २ सिलिङ्गेका तिलक वलीलाई कुटपिट गरेका थिए।

कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दार्मा गाउँपालिका २ का २५ वर्षीय चोपलाल वली र २१ वर्षीय सुरेन्द्र रोकायलाई प्रक्राउ गरेको छ। कुटपिटमा संलग्न निश्चल वली र चीनबहादुर रोकाय भने अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए। फरार दुवै अभियुक्तको खोजी भइरहेको र पक्राउ परेका दुईजनालाई हिरासतमा राखी अनुसन्धान अघि बढाइएको उनको भनाइ छ।

स्थानीय निर्वाचनमा दार्मा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षदेखि वडाध्यक्षसम्म माओवादीले जितेको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.