|

पर्वत : खसेका मध्ये नौ मत हराएको भन्दै नेकपा एमालेले पोखरा महानगरपालिका–१८ मा पुन: मतगणनाको लागि निवेदन दिएको छ।

कुल ४ हजार ३४८ मत खसेको भए पनि गणनामा ४ हजार ३३९ मत आएपछि एमालेले ९ मत हराएको भन्दै मतगणनाको माग गरेको हो।

उक्त वडामा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार पुष्कलबहादुर थापा कांग्रेसका शिव तिमिल्सिनासँग ३ मतले पराजित भएका थिए। सार्वजनिक मत परिणामअनुसार एमालेका पुष्कलले १ हजार ६४० र कांग्रेसका तिमिल्सिनाले १ हजार ६४३ मत ल्याएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.