|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले चालु आर्थिक वर्षको १० महिनासम्ममा थप ६३८ मेगावाट विद्युत उत्पादन सरकारले गरेको बताएकी छिन्।

मंगलबार सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संसदमा उनले यो वर्षमा देशभर तीन सय २५ किमि सडक कालोपत्रे सडक गरेको जानकारी दिइन्।

सरकारले कोभिड-१९ संक्रमण रोक्न हरसम्भव प्रयास गरेको भन्दै उनले भनिन,‘१० महिनामा एक सय पुल निर्माण गरेको छ,मेलम्ची खानेपानी पुन: काठमाडौं उपत्यकाभित्र भित्र्याएका छौँ।’

त्यस्तै,उनले १२ हजार ६ सय हेक्टर जमिनमा सिचाइ सुविधा पुगेको बताइन्। पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल चाडै सञ्चालनमा ल्याइने पनि उनले आश्वासन दिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.