|

काठमाडौं : सरकारले भुमिहिन तथा सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने बताएको छ। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भुमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या दुई वर्षभित्र समाधान गरिने बताएकी हुन्। 

उनले पुर्नस्थापना हुन बाँकी मुक्त कमैयाहरूका लागि रोजगारी र क्षमता विकासको कार्यक्रम सञ्चालन गरिने पनि बताइन्। 

उनले भनिन्, ‘आगामी दुई वर्ष भित्रमा भुमिहिन, सुकुम्बासी एवं अव्यवस्थित बसोबासको समस्या समाधान गरिनेछ। पुर्नस्थापना हुन बाँकी मुक्त कमैया, हलिया र कम्लरी तथा मुक्त घोषणा हुन बाँकी हरवा, चरवाका लागि तिनै तहका सरकारका समन्वयमा उत्पादन, रोजगारी र क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने छ।’

राष्ट्रिय निकुञ्जको छेउछाउ तथा नदी किनाराका विपन्नका लागि लक्षित गरेर कार्यक्रम सञ्चालन बताइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.