|

काठमाडौं : ‘दबंग टुर रिलोडेड’ कार्यक्रमका लागि नेपाल आउने भनिएका बलिउड अभिनेता सलमान खान नआउने भएका छन्। योसँगै आगामी जेठ १४ गते काठमाडौंको दशरथ रंगशालामा हुने भनिएको कार्यक्रम पनि स्थगित भएको छ। 

ओडीसी इन्टरटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा हुने भनिएको कार्यक्रम अन्तिम समयमा आएर रोकिएको हो। सलमानसँग सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल, गुरु रन्धावा, आयुष शर्मा लगायतका भारतीय कलाकार नेपाल आउने कार्यक्रम थियो। 

सलमान र नेपाल आउने भनिएका कलाकारको माग पूरा गर्न नसक्ने देखिएपछि कार्यक्रम नै स्थगित गर्नुपरेको आयोजक टोलीले जनाएको छ। आयोजकका अनुसार जेठ १४ मा हुने भनिएको कार्यक्रम स्थगित नै भएको र अर्को कुनै दिन कार्यक्रमको आयोजना हुने संभावना रहेको पनि आयोजकले जनाएको छ। 

कार्यक्रमका लागि ५ देखि २५ हजार सम्मको टिकट बिक्री भइरहेको थियो। यसअघि पनि कार्यक्रमको टिकट काटिसकेपछि अन्तिम समयमा आएर कार्यक्रम स्थगित भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.