काठमाडौं : सरकारले प्रत्येक प्रदेशमा कम्तिमा २ वटा मेडिकल कलेज /प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने नीति लिने घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सो कुरा बताएकी हुन्। सुदूरपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याइनेसमेत राष्ट्रपति भण्डारीले बताएकी छन्।
संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्बोधन गर्दै उनले दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धारलाई थप व्यवस्थित बनाईने, बालबालिकाको हक सुनिश्चित गर्दै आधारभूत स्वास्थ्य शिक्षा र पोषणमा सबैको पहुँच अभिवृद्धि गरिने तथा सामुदायिक विद्यालयमा स्वास्थ्य परिचारिकाको व्यवस्था गरिने समेत बताइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।