|

काठमाडौं :  सरकारले ४० वर्षभन्दा माथिका नागरिकको वर्षमा एकपटक आधारभुत स्वास्थ्य परीक्षण नि:शुल्क गर्ने भएको छ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९ / ८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सो कुरा बताएकी हुन। 

संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महिलामा हुने पाठेघरको मुखको क्यान्सरको नि:शुल्क स्क्रिनिङ सेवा सुरु गर्ने, पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप कार्यक्रम विस्तार गर्ने जानकारी दिएकी छिन्।

यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत संचालित सम्पूर्ण सामाजिक सुरक्षा कार्यक्रमहरुलाई एकीकृत गर्दै स्वास्थ्य बीमामार्फत वित्तिय व्यवस्थापन गरिने, त्यसका लागि सबै अस्पतालहरूमा एक सामाजिक सेवा इकाई स्थापना गरिने उनले जानकारी दिइन्। 

यस्तै, नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका बहु क्षेत्रीय कार्ययोजना (२०७८—२०८३) कार्यन्वयन गर्नका लागि सबै क्षेत्रहरूसँग सहकार्य तथा बहुपक्षीय सरोकार राख्ने सबै क्षेत्रहरुलाई नसर्ने रोग रोकथाममा जिम्मेवार बनाइने राष्ट्रपति भण्डारीले बताइन।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.