|

दाङ : जिल्लामा अहिलेसम्म २ जनाले स्वतन्त्र चुनाव लडेर जितेका छन्। शान्तिनगर २ को वडाध्यक्षमा सुनिल वली र तुलसीपुर उपमहानगरपालिका १६ मा स्वतन्त्र उम्मेदवार शिवानन्द डिसी विजयी भएका छन्।

२०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा लडेका डिसीले १२२ मतले हारेका थिए भने यस पटक १३४४ मत ल्याएर विजयी भएका हुन्।

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अमर खड्कालाई १८५ मतान्तरले पराजित गरेका हुन्। खड्काले ११५९ मत प्राप्त गरेका थिए। तुलसीपुरमा गठबन्धन भएसँगै उक्त वडा नेकपा (एकीकृत समाजवादी)को  भागमा परेको थियो।

जहाँ २०७४ सालमा एमालेबाट भूप बहादुर केसी निर्वाचित भएका थिए। पछि उनी माधव नेपालतिर लागेका थिए। अहिले पनि उनैले टिकट पाएका थिए। उक्त वडामा ७ जना वडाध्यक्षमा भिडेका थिए।

सबैलाई पराजित गरेर पुतली चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार उठेका डिसी निर्वाचित भएका हुन्। गठबन्धनका उम्मेदवार भूपबहादुर केसी ४६७, नेपाली कांग्रेसबाट स्वतन्त्र उम्मेदवार कलाधर आचार्य १९६, नेकपा एमालेका स्वतन्त्र उम्मेदवार पदमबहादुर केसी १८३, मङ्गोल नेशनल अर्गनाइजेसनका लेखबहादुर कुमाल ७५ र राप्रपाका रीत बहादुर बस्नेतले ५२ मत प्राप्त गरेका थिए।

नवनिर्वाचित वडाध्यक्ष डिसीले आफू वडाध्यक्ष पदको लागि माओवादी केन्द्रको तर्फबाट आकांक्षी भएको र वडाका नागरिकहरूले पनि आफूलाई नै खोजेको अवस्थामा टिकट नपाएपछि स्वतन्त्रमा उठेको उनले बताए।

उनले भने,‘गठबन्धन भएपछि मैले टिकट पाउने अवस्था रहेन। हाम्रो वडा नेकपा एसको भागमा परेको थियो। जनताको माग र आकांक्षा मप्रति थियो। म एक्लै लड्दा पनि चुनाव जित्न सक्छु, भनेर पार्टीलाई भनेका थिए। तर, गठबन्धनका कारण टिकट नपाउने अवस्था आयो। मैले स्वतन्त्रबाट उम्मेदवारी दिएँ। त्यहाँका जनताले मलाई नै जिताए।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.