|

काभ्रे : जिल्लाको कोशीपारि स्थित भुम्लु गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रेमबहादुर भुजेल ‘बृहत’ले ब्रेनट्यूमरका पीडितलाई आर्थिक सहयोग गरेका छन्।

बुधबार अध्यक्ष भुजेलले भुम्लु–४ चौबास हिले निवासी ब्रेनट्यूमर पीडित ३३ वर्षीय हेमप्रसाद चौलागाईंलाई घरमै पुगेर व्यक्तिगत रुपमा ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।

उनले ब्रेनट्यूमर पीडित चौलागाईंको उपचारमा राहत मिलोस् भन्ने उद्देश्यले सहयोग गरेको बताए। अध्यक्ष भुजेलले पीडितको स्वास्थ्य अवस्था बारे बुझ्दै आगामी दिनमा थप आवश्यक सहयाेग गर्ने प्रतिबद्धता समेत गरे।

अध्यक्ष भुजेलले गाउँपालिका भित्रका प्राणघातक जस्ता जटिल रोगका पीडितहरुका लागि आफूले सक्ने जस्तोसुकै सहयोगका लागि सदैव तत्पर रहेकाे बताए। उनले भने, ‘भुम्लुका नागरिकहरुलाई आर्थिक अभावका कारण अकालमै मृत्यु हुन दिइने छैन। सधैँभरि भुम्लुका जनताको साथमा रहेको काम गर्ने छु।’

नवनिर्वाचित अध्यक्ष भुजेलले पदभार ग्रहण गर्दै मृगौला, क्यान्सर, मस्तिष्काघात लगायतका प्राणघातक रोग लागेका गाउँपालिकाभित्रका नागरिकको निशुल्क उपचार गर्ने गरी ‘प्राणघातक रोग उपचार कोष’ समेत स्थापना गरिसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.