|

काठमाडौं : सरकारले स्थानीय सडक र पुल निर्माणको जिम्मा प्रदेश सरकारलाई नै दिने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसदमा आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएकी हुन्। 

उनले आगामी वर्ष थप ३ सय सडक र पुल निर्माण गर्ने बताइन्। ‘त्रिभुवन राजमार्गलगायत प्रमुख राजमार्गमा सुरुङमार्ग, फ्लाइओभर तथा अण्डरपाससहितको आधुनिक सडक सञ्जाल विस्तार गरिनेछ,’ उनले भनिन्।

उनले कर्णाली करिडोरमा बाँकी ट्रयाक खोलिसक्ने र आगामी वर्ष हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने पनि बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.