|

काठमाडाैं : शेयर बजार मापक नेप्से परिसूचक बुधवार पनि दोहोरो अंकले वृद्धि भएको छ।

मंगलवार १६.३२ अंकले वृद्धि भएको नेप्से परिसूचक बुधवार १४.३७ अंक बढेर २२३१.५७ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंकले  बढेको छ।

बुधवार कारोबारमा आएका २६६ कम्पनीको २६ लाख ९४ हजार कित्ता शेयर १ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। मंगलवारको तुलनाका नेप्से कारोबार गिरावट भएको छ। मंगलवार १ अर्ब ८ करोड ८८ लाख ३३२ हजार ५४२ रुपैयाँ बराबरको कारोबार भएको थियो।

नेप्सेका १३ वटै उपसमूहको परिसूचकमा वृद्धि भएको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.५३ प्रतिशत बढेको छ। त्यस्तै निर्जीवन बीमा उपसमूहको परिसूचक १.४३ प्रतिशत बढेको छ भने जलविद्युतको १.१९ प्रतिशत बढेको छ।

बुधवार कारोबारमा आएको बलेफी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ५.९२ प्रतिशत बढेको छ। त्यस्तै, मैलुङ खोला जलविद्युत, सिंगटी हाइड्रो इनर्जी र गुराँस लघुवित्तको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। यता, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ७.१३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा ८ करोड ३४ लाख ८ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर अपर तामाकोशी शीर्ष स्थानमा रहेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.