|

काठमाडौं : रौतहटको फतुवा बिजयपुर नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

कांग्रेसका प्रमुख पदका उम्मेदवार गोपाल राय यादव ४ हजार ८ सय ५१ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बिजय यादवले ३ हजार ३ सय ६१ मत प्राप्त गरे।

तेस्रो स्थानमा रहेकी जनता समाजवादी पार्टी नेपालकी ममता कुमारीले ३ हजार १ सय ३० मत ल्याइन्। उपप्रमुख पदमा पनि कांग्रेसकै अमवेया खातुन निर्वाचित भइन्। उनले ५ हजार १ सय ६२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी कान्ती देवीले ३ हजार ६ सय ६८ मत ल्याइन् भने तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टी नेपालका अमृतलाल चौधरीले ३ हजार ३ सय १८ मत प्राप्त गरे। योसँगै नेपाली कांग्रेसले ३ सय २७ स्थानीय तहमा प्रमुख पदमा जित हात पारेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.