|

काठमाडौं : विदेश पठाइदिन्छु भनी २५ लाख रूपैयाँ ठग्ने युवक काठमाडौंबाट पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठगी गर्ने चितवन भरतपुर महानगरपालिका-९ बसन्त चोक घर भई काठमाडौं टोखा बस्ने सुजनराज पाण्डेलाई पक्राउ गरेको हो।

पाण्डेले टिपिकल क्लोथिङ एण्ड क्राफ्ट स्टोर नामक व्यावसायीक कम्पनी दर्ता गर्न लगाइ युरोपको जुनसुकै देशमा गएर व्यवसाय मिल्ने गरी भिसा लगाइदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ।

पीडितको निवेदनपछि अनुसन्धान शुरु गरेको विशेष टोलीले काठमाडौं बानेश्वरबाट पाण्डेलाई नियन्त्रणमा लिएको हो। उनलाई ठगी कसुरअन्तर्गत थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.