|

काठमाडाैं : धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङले जनतालाई झाडुसहित उपस्थित हुन आह्वान गरेका छन्।

धरानमा फोहोर थुप्रिएको र यसलाई सफाइ गर्दै सरसफाई अभियानलाई सुरुवात गर्ने उनले जनाएका छन्।

फेशबुकमा स्टाटस लेखेर अभियानको बारेमा उनले जानकारी दिएका हुन्।

उनले लेखेका छन्, 'भोलि दिनको ३ बजे भानुचौकमा झाडु लिएर आउनु होला ! भानु चौक वरिपरि सफाइ गरौँ ! आइन्दा बाटोमा फोहोर फाल्न नहुने नियम लागु गर्न गराउन सहयोग गर्नु होला ! जय धरान !'

स्वतन्त्रबाट मेयर जितेका साम्पाङले सरल तरिकाले सिर्जनात्मक काम गर्दै परिवर्तन ल्याउने अभियान सुरु गरेका छन्। यस्तै कामहरूबाट उनी दिन प्रतिदिन चर्चामा आइरहेका छन्।  


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.