|

कञ्चनपुर : नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति कञ्चनपुरले भीमदत्त नगरपालिका २ मा हिंसामा परेकी बालिकाकाे परिवारलाई न्याय सहितको क्षतिपूर्तिका लागि माग गरेको छ।

समितिका संयोजक खेमराज पाण्डेयले आज विज्ञप्ति जारी गर्दै देशलाई सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढाउने  संकल्प राजनीतिक दलहरुले लिई रहेको बेला घटेको यो घटनाले निकै चिन्तित तुल्याएको जनाएका छन्।

‘महिला, बालबालिका तथा कमजोर वर्गको सामाजिक सुरक्षाको अवस्था जटिल रहेको यस घटनाले पुष्टि गरेको छ, विज्ञप्तिमा भनिएको छ, 'यस घटनाबाट हामी स्तब्ध भएका छौँ।’

संघीय सरकार देखि प्रदेश सरकार र स्थानीय तहका सरकारहरूलाई महिला तथा बालबालिका माथि हुन यौनजन्य हिंसा, दुर्व्यवहार तथा विभेद विरुद्ध सामाजिक अभियानको सुरुवात गर्न सामाजिक सुरक्षालाई प्राथमिकताका साथ अभियानकै क्रममा समावेश गर्न माग गरिएको छ।

हरेक वडामा महिला तथा बालबालिका हिंसा विरोधी सेलको गठन गरी पीडितलाई न्याय दिने र घटना घट्न नदिने प्रणालीको विकास गर्न विज्ञप्ति मार्फत माग गरिएको छ।

मंगलवार भीमदत्त नगरपालिका २ उल्टाखामका  बालिका कुटपिटका आरोपी ३३ वर्षीय दिनेश मालीले आफ्नै घरभित्र झुन्डिएर आत्महत्या गरेका थिए। बालिकालाई घरमै बोलाई मालीले कुटपिट गरेका थिए।

बालिकाका आफन्तले प्रहरीमा उजुरी गरेपछि प्रहरी नपुग्दै घर भित्रै मालीले झुन्डिएर आत्महत्या गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.