|

काठमाडौं : स्थानीय तह निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। अब चार पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ। 

अब काठमाडौं महानगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका र बाजुराको बुढीगंगा नगरपालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।

बुढी गंगामा मतगणना अझै सुरु भएको छैन भने अन्य ठाउँको मतगणना अन्तिम चरणमा पुगेको छ।  निर्वाचन आयोगका अनुसार ३५ हजार २ सय २१ जनप्रतिनिधि मध्ये हालसम्म ३४ हजार ८ सय ८८ जनप्रतिनिधि चुनिसकेका छन्। 

अब केही जनप्रतिनिधि मात्रै चुनिन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ। 

हेर्नुहोस् कुन प्रदेशमा कति जनप्रतिनिधि चुनिए

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.