‘डडेल्धुराको कुन कुनामा लगेर मेडिकल कलेज राख्नुहुन्छ?’

|

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई व्यङ्ग्यात्मक शैलीमा प्रश्न गरेका छन्। 

देउवा पत्नी आरजु राणाले कांग्रेसले नजितेको पालिकामा सरकारले बजेट नदिने अभिव्यक्तिको प्रसंग कोट्याउँदै ओलीले बिहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै संसदमा डडेल्धुराकाे अमरगढी रुखले जितेको छ कि छैन भनेर सोध्छन्।

ओलीले रोष्टमबाट हाँस्दै देउवालाई लक्षित गर्दै सोध्छन्, ‘रुखमा भोट नहाल्नेलाई बजेट पठाइँदैन भनेर धम्काइएको छ। डडेल्धुरामा मेडिकल कलेज जाने भएछ। कुन पालिकामा कांग्रेसले जितेको छ। त्यसमा जाने होला। अमरगढी जितेको छ कि छैन?’

लगत्तै देउवाले मुन्टो हल्लाएर हाँस्दै भन्छन् जितेको छ। 

त्यसलगत्तै ओली बोल्छन् र भन्छन्, ‘अमरगढी कांग्रेसले जितेको भए त ठिकै छ। कुन कुनामा लागेर राख्नुपर्ने हो मेडिकल कलेज। कांग्रेसले जित्या छैन भने प्रधानमन्त्रीज्यूको वडामा केही जाने भएन। त्यहाँ रुखले जितेन की क्या हो।’

ओलीले यो भन्दा लोकतन्त्रको बिजोक अरु केही नहुने समेत बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.