|

काठमाडौं : ललितपुरको बालकुमारीबाट एउटा स्वचालित पेस्तोलसहित प्रहरीले दुईजना युवकलाई नियन्त्रणमा लिएको छ।

युएस मेड लेखिएको एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने ४ राउण्ड गोली सहित दुईजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। 

पक्राउ पर्नेहरूमा सर्लाहीका सुरेन्द्र थिङ र वीरबहादुर बम्जन रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी प्रभाग बालकुमारीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धानबाट उनीहरू हतियार तस्कर गर्ने व्यक्ति रहेको  खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.