|

काठमाडौं : काठमाडौँ महानगरपालिका वडा नं १५ को वडाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार ईश्वरमान डङ्गोल विजयी भएका छन्। 

डङ्गोल तीन हजार ४७६ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन्।  उनी यसअघि पनि सोही वडाको अध्यक्ष थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जीवन डङ्गोलले एक हजार ५७२ मत प्राप्त गरे।

यस्तै चार सदस्यमा पनि नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार विजयी भएका छन्। वडासदस्य खुलामा विजु श्रेष्ठ र अवसरा केसी, महिला सदस्यमा मैयालक्ष्मी महर्जन र दलित महिला सदस्यमा रीता मिजार विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

डङ्गोल वडाध्यक्ष निर्वाचित भएसँगै एकीकृत समाजवादीले काठमाडौँ महानगरपालिकामा पहिलो जित निकालेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.