|

काठमाडौं : नेपालको सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्जका रूपमा चितवन राष्ट्रिय निकुञ्जलाई लिइन्छ। यसको कुल क्षेत्रफल करिब ९५२.६३ वर्ग कि.मि. रहेको छ।

विश्व सम्पदा सूचीमा समावेश यस निकुञ्ज चितवन, मकवानपुर, पर्सा र  नवलपरासी जिल्लाका केही भू–भागहरूमा फैलिएको छ।  निकुञ्जले चुरे पहाड, राप्ती, नारायणी र रिउ नदीका मुख्य क्षेत्रहरूलाई समेटेको छ।

करिब ७० प्रतिशत वन क्षेत्रले ढाकेको निकुञ्ज विशेषत एकसिंगे गैंडाका लागि प्रख्यात रहेको छ।
यस निकुञ्जमा गैंडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुर लगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन्।

निकुञ्जमा घडियाल गोही, मगर गोही, अजिङ्गर लगायत सरिसृप तथा उभयचर, बसाई सरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुङ्गी पाइन्छन्।

चितवन पुगेका फोटोग्राफर सुदीप श्रेष्ठले आफ्नो क्यामरामा जंगलमा रमाएका जनावरका दृश्य कैद गरेका छन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.