|

सुनसरी : जिल्लाको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई अर्थात् हर्क साम्पाङ कुचो बोकेर सडकमा उत्रिएका छन्। बिहीबार उनले धरानको मुख्य चोक, भानुचौक बाट सडक सरसफाइ अभियानको थालनी गरेका हुन्।

मेयर साम्पाङसहित धरानका युवा तथा धराने जनताले पनि स्वतस्फुर्त रूपमा सहभागिता जनाएका छन्। सडक सरसफाइ गर्दै गर्दा उनी बाटोमा भेटिनेहरूलाई फोहोर नगर्न पनि सुझाउँथे। सामाजिक अभियानताबाट धरानको मेयर बनेका उनले केही समयअघि धरानको पर्यटन र सौदर्यीकरणमा पनि ध्यान दिने बताएका थिए।

सोही कुरालाई मूर्तरूप दिन उनले सरसफाइ अभियान चलाएको बताइएको छ। धरानको भानु चौकबाट सुरु भएको सरसफाइ घण्टा घर हुँदै धरानभरि नै गरिने उनले जानकारी दिएका छन्।

यसअघिका मेयरहरू गाडीमा हुइँकिने गरेको देख्दै आएका धराने जनता मेयर नै सडकमा आएको देखेर दंग थिए। कतिपय भने साम्पाङले पहिलेदेखि नै यस्तै अभियान चलाउँदै आएको भन्दै आर्चाश्यच चकित भएका छैनन्।

तपाईं दैनिक रूपमा झाडु लिएर सडकमा आउनुहुन्छ? भन्ने सञ्चारकर्मीको प्रश्नमा जवाफ दिँदै उनले भने, ‘दैनिक रुपमा मेयर झाडु लिएर कहाँ आउँछ? मैले यही गरिरहेँ भने म त सरसफाइकर्मी  भइहालेँ नि ज्ञ मैले धराने जनतालाई म्यासेज मात्रै दिन चाहेको हो। निकायहरुलाई हामीले सक्रिय बनाउँछौँ। नगर प्रहरी साथी र नागरिक स्वयमले पनि गर्ने हो। नगर प्रहरीले मात्रै गर्छ भन्यौँ भने त कहाँ हुन्छ। हामी सचेत नागरिक हामीले आफैँ गर्ने हो। एउटाले फोहोर फालेको फाल्यै अर्कोले उठाको उठाइ गरेर त भएन। त्यसैले यो बारेमा चाहिँ सबै जनाले बुझ्नुपर्छ।’

सरसफाइकै क्रममा कतिपयले भने उनलाई समस्या पनि राखेका छन्। ‘समस्या भए पनि सबै समस्या निराकणर गर्न सकिँदैन। सकेसम्म म प्रयास गर्छु राम्रो गर्न। तर, मैले समस्या राखेको छु अब पूरा भइहाल्छ भनेर चाहिँ नसोच्नु होला’, भन्दै उनी जवाफ दिन्थे।

खानेपानीलाई मुख्य मुद्दा बनाएर चुनावी अभियानमा होमिएर धरानको मेयर बनेका साम्पाङले बुधबार धरानको पानी आउने मुहानमा नै पुगेर बस्तुस्थिति बुझेका थिए। उनले त्यहाँ मुहानको सरसफाइ गर्न र फोहोर नगर्न निर्देशन दिएका छन्।

यस्तै, धरानको विष्णुपादुकामा बिजुलीको महसुल तिर्न घुम्ती काउन्टर राख्ने पनि उनले जानकारी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.