|

कञ्चनपुर : दोधारा-चाँदनी नगरपालिका-६ मा महाकाली नदी किनारामा निर्माण गरिएको शवदाह गृह आज नगरपालिकालाई हस्तान्तरण गरिएको छ। नेपाली सेनाको २५ नम्बर वाहिनी अन्तर्गत रहेको श्रीदल गुल्मले ८ लाख ९४ हजार ५८४ रूपैयाँको लगानीमा शवदाह गृह निर्माण गरेको हो।

२५ नम्बर वाहिनीका वाहिनीपति पुरुषोत्तम ढकालले निर्माण गरिएको शवदाह गृह नगरपालिका प्रमुख किशोरकुमार लिम्बुलाई हस्तान्तरण गरेका छन्। शवदाह गृह निर्माण भएपछि दोधारा-चाँदनी नगरपालिका बासिन्दालाई शवको दाहसंस्कार गर्न निकै सहज हुने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.