|

काठमाडौं : कबड्डी फ्रेन्चाइजको अन्तिम फिल्म 'कबड्डी ४' पछि मास्टर बमकाजी बन्ने भएको छ। कबड्डीका मुख्य पात्र बमकाजीको कथा केन्द्रमा रहने गरी फिल्म 'मास्टर बमकाजी' बन्ने भएको हो। 

वीरकाजीको प्रेम कथालाई मुख्य विषय वस्तु बनाएर निर्माण भएको कबड्डी सिरिजमा बमकाजीलाई अवरोधका रूपमा प्रवेश गराइएको थियो। वीरकाजीलाई केन्द्रमा राखेर चारवटा फिल्म बनेपछि बमकाजीलाई लिएर 'मास्टर बमकाजी' बन्ने भएको हो। जसको केन्द्रीय भूमिकामा सौगात मल्ल देखिनेछन्। 'कबड्डी ४' को प्रदर्शनसँगै मास्टर बमकाजीको औपचारिक घोषणा गरिएको हो। 

'मास्टर बमकाजी' पनि कबड्डी जस्तै धेरै भागमा बन्ने बताइएको छ। जसको मुख्य विषयवस्तु विवाह नै हुनेछ। कबड्डी नेपालको सर्वाधिक सफल फिल्म सिरिजमध्येमा पर्छ। रामबाबुले नै निर्देशन गर्ने र कबड्डीकै थिममा बन्ने भएकाले 'मास्टर बमकाजी' अर्को ठूलो फिल्म बन्ने अनुमान धेरैले गरेका छन्। यस्तो भएमा सौगातको असफल फिल्मको शृंखला त टुट्नेछ नै साथै नेपाली फिल्म उद्योगमा एउटा नयाँ प्रयोग पनि देख्न पाइनेछ। 

शुक्रबारदेखि प्रदर्शनमा आएको 'कबड्डी ४' ले पहिलो दिन उत्साहजनक व्यापार गरेको छ। पहिलो दुई दिनका अधिकांश शो प्रदर्शनअघि नै हाउसफूल भएको 'कबड्डी ४' ले नेपाली बक्स अफिसमा नयाँ कीर्तिमान बनाउने अनुमान गरिएको छ। 

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.