|

काठमाडौं : युवतीलाई  सामाजिक सञ्जालमा साथी बनाएर समाजमा बदनाम तथा बेइज्जत गर्ने धम्की दिने प्रहरी जवानसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रौतहटको दुर्गा भवानीपुर गाउँपालिका-४ बस्ने २७ वर्षका कृष्णकुमार यादवलाई गत बुधबार नियन्त्रणमा लिएको हो। पक्राउ परेका यादव धनुषाको बटेश्वर प्रहरी चौकीमा दरबन्दीका प्रहरी जवान रहेका नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्यूरोले जनाएको छ।

उनले सामाजिक सञ्जालमा युवतीलाई साथी बनाइ म्यासेज, च्याट र भिडियो कल गर्ने क्रममा पीडितलाई प्रलोभनमा पारी अन्तरङ्ग तस्वीरहरू खिचेका थिए। ती तस्वीरहरू सामाजिक सञ्जालहरुमा पोष्ट गर्ने धम्की दिइ पीडितलाई मानसिक तनाव दिएको भन्दे उनीविरुद्ध उजुरी परेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।

उनका अनुसार मोरङको विराटनगर उपमहानगरपालिका-२२ का ३१ वर्षका मोहम्मद सद्दाम भन्ने मोहम्मद कासीमलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनले सामाजिक सञ्जालमा झुटो खाता खोली युवतीको अन्तरङ्ग तस्वीरहरू आफन्त र साथीभाइलाई पठाएर ती युवतीको चरित्र हत्या गरेका थिए।

पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप भइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.