|

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगर प्रमुखमा बालेन साहको जितलाई पार्टीविरुद्धको आक्रोश भन्न नमिल्ने बताएका छन्। सामाजिक सञ्जालमा साहलाई बधाइ दिँदै थापाले उनको जित कसैको असफलता वा पार्टीविरुद्धको आक्रोश भन्न नमिल्ने तर्क गरेका हुन्। 

‘बालेन साहको जित कसैको असफलता वा पार्टीविरुद्धको आक्रोश भन्दा पनि उहाँको योग्यता र क्षमतामाथि जनताको भरोसाको अभिव्यक्ति हो’, उनले ​ लेखेका छन्, ‘काठमाडौंवासीले ठूलो अपेक्षा गरेका छन्, सफलताको कामना गर्दछु।’ 

काठमाडौं, धरान, धनगढी लगायतका स्थानमा स्वतन्त्र उम्मेदवारको जितलाई दलहरूमाथि मतदाताको आक्रोश व्यक्त भएको विश्लेषण भइरहँदा थापाको यस्तो भनाइ आएको हो । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.