सल्यान : सल्यानमा नुहाउन गएका पुरुषको पानीमा डुबेर मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका–१४ च्याउखोलाका अन्दाजी ३७ वर्षीय बहादुर शाहीको सिद्धकुमाख गाउँपालिका– ३ ढोरचौरस्थित शारदा नदीमा नुहाउने क्रममा खाल्डोमा डुबेर मृत्यु भएको हो।
स्थानीयको मलामी गएका उनको नुहाउने क्रममा खाल्डोमा परी धेरै पानी खाएको र उपचारको क्रममा सल्यान जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए। शव पोष्ट मार्टमका लागि अस्पतालमा राखिएको उनको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।