|

काठमाडौं :  पोखरा विमानस्थलमा इन्धन भर्न गएको ट्यांकर पल्टिदा एक घण्टा उडान अवरुद्ध भएको छ। 

जहाजमा इन्धन भर्न गएको ट्यांकर पल्टिएर इन्धन पोखिएपछि उडान अवरुद्ध भएको पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिए। उनले भने, क्रेन ल्याएर ट्यांकर उठाएका छौं, सबै सफा गरेपछि अहिले विमानस्थलको अपरेशन सञ्चालन भएको छ। 

इन्धन पोखिदा पोखरा विमानस्थल करिब एक घन्टा उडान अवरुद्ध भएको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.