|

काठमाडौं : नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारले संसदमा बजेट प्रस्तुत गर्दैगर्दा अर्थमन्त्रीको ब्रिफकेस तोडफोड नभएको भन्दै अर्थमन्त्री जनार्दन शर्माप्रति कटाक्ष गरेका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को प्रस्तुत बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले शान्तपूर्वक अर्थमन्त्रीले २ घण्टा ५५ मिनेट बजेट पढ्न पाएको बताएका हुन्। 

उनले भने, ‘महत्वपूर्ण सकारात्मक उपलब्धि नै भन्नुपर्छ, माननीय अर्थमन्त्रीले बजेट प्रस्तुत गरिरहँदा उहाँले बोक्नुभएको ब्रिफकेस तोडफोड भएन। संसदमा माननीय सदस्यहरू बस्ने कुर्सी भाँचिएनन् संसदका माइक भाँचिएनन् र शान्तपूर्वक माननीय अर्थमन्त्रीले २ घण्टा ५५ मिनेट पढ्न पाउनुभयो।’

लोकतन्त्र, संवैधानिक प्रक्रिया परिपक्व हुँदै गएको समेत बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.