|

दाङ : गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा जिल्लाका २१७ जना महिलाहरू जनप्रतिनिधि भएका छन्। जिल्लाका १० स्थानीय तहमा उपप्रमुख महिला सदस्य, दलित सदस्य र खुला सदस्य गरी २१७ जना महिलाहरू निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।

कार्यालयका अनुसार निर्वाचनमा प्रमुख तथा उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी ८७२ जनाले निर्वाचनमा लडेका लिएका थिए। प्रमुख पदको लागि १० जना, उपप्रमुखको लागि ४६ जना, वडाध्यक्षको लागि १९ जना,  महिला सदस्यमा ३९५ जना, दलित सदस्यमा ३५५ जना, खुला सदस्यमा ३ जनाले उम्मेदवार बनेका थिए।

उपमेयरमा ३ जना, उपाध्यक्षमा ६ जना, महिला सदस्यमा एक सय जना, दलित महिला सदस्यमा एक सय जना र खुला सदस्यमा ८ जना महिला उम्मेदवार निर्वाचित भएको कार्यालयले जनाएको छ।

त्यस्तै जिल्लामा १० स्थानीय तहको प्रमुख र उपप्रमुख, वडाध्यक्ष, दलित तथा महिला सदस्य र सदस्यमा गरी २ हजार २०७ जना चुनावी मैदानमा उत्रिएका थिए। जसमध्ये १३३५ जना विभिन्न पार्टी तथा स्वतन्त्रबाट पुरुषहरू उम्मेदवार बनेको निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लामा गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट ९२ जना महिला उम्मेदवारहरू निर्वाचित भएका छन्। जसमा उपमहानगरको उपमेयरमा २ जना, गाउँपालिका उपाध्यक्षमा एक जना, महिला सदस्यमा ४३ जना, दलित महिला सदस्यमा ४४ जना र  खुला सदस्यमा २ जना निर्वाचित भएका छन्। त्यस्तै एमालेबाट विभिन्न पदमा १२० जना पुरुषहरू निर्वाचित भएका छन्।

त्यस्तै नेपाली कांग्रेसबाट महिला उम्मेदवार अन्य पार्टीका भन्दा धेरै भएका छन्। नगरपालिकाको उपमेयरका एक जना, गाउँपालिका उपाध्यक्षमा ५ जना, महिला सदस्यमा ४१ जना, दलित सदस्यमा ४० जना र खुला सदस्यमा ४ जना गरी ९१ जना महिलाहरू जनप्रतिनिधि भएका छन्।  त्यस्तै कांग्रेसबाट विभिन्न पदमा १२३ जना पुरुषहरू निर्वाचित भएका छन्।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट महिला सदस्यमा १४ जना, दलित महिला सदस्यमा १५ जना र खुला सदस्यमा २ गरी ३१ जना महिला उम्मेदवार निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।

त्यस्तै माओवादी केन्द्रबाट विभिन्न पदमा ५४ जना पुरुषहरू निर्वाचित भएका छन्। नेकपा ९ एकीकृत समाजवादीबाट महिला सदस्यमा एक जना र वडाध्यक्षमा एक जना पुरुष निर्वाचित भएका छन्।

त्यस्तै राष्ट्रिय जनमोर्चाबाट महिला सदस्य र दलित महिला सदस्य गरी २ जना र वडाध्यक्षमा एक जना, खुला सदस्यमा २ जना पुरुष उम्मेदवार निर्वाचित भएका छन्। त्यस्तै जिल्लामा २ जना स्वतन्त्रबाट पुरुष उम्मेदवार निर्वाचित भएको कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.