|

विराटनगर : विराटनगर महानगरपालिकाको कार्यपालिका निर्वाचनमा गठबन्धन आबद्ध दलहरू पराजित भएका छन्।

कार्यपालिका निर्वाचनमा मतदाता रहेका ९७ सदस्यमध्ये ५० मत रहेको कांग्रेस–जसपा गठबन्धनलाई हराउँदै ४६ मत रहेको नेकपा एमाले र स्वतन्त्र उम्मेद्वारहरु निर्वाचित भएका हुन्।

शनिबार भएको कार्यपालिका चुनावमा कांग्रेस–जसपा गठबन्धनसँग ५० मत थियो भने एमालेले स्वतन्त्रसँग गठबन्धन गर्दा ४६ मत मात्रै थियो। तर, जसपा र कांग्रेसका केही जनप्रतिनिधिले एमाले उम्मेद्वारलाई मत दिँदा कांग्रेस र जसपाका सबै उम्मेदवार पराजित भए।

मुख्य निर्वाचन अधिकृत भरत लम्सालका अनुसार कार्यपालिकामा अल्पसंख्यकतर्फ एमालेका दीपककुमार कर्ण ५२, स्वतन्त्र ओमप्रकाशकुमार साह ५५ र स्वतन्त्र सन्जिव साह ५२ मत ल्याएर विजयी भएका छ्न्।

अल्पसंख्यकमा कांग्रेस उम्मेदवार प्रेम राठी ४०, जसपाका ववितादेवी साह ४५ र जसपाकै विमलादेवी पोद्धार ४१ मत प्राप्त गपर पराजित भएका छन्।

महिलातर्फ सबै एमाले उम्मेद्वार विजयी भएका छन्। एमालेका सन्तलीदेवी विश्वास ५५ कमला श्रेष्ठ, ५५, ताराकुमारी राय ५३ सरिता घिमिरे नेपाल ५३ र खुश्बु विश्वकर्मा ५२ मत ल्याएर विजयी भएका छन्। काँग्रेसका पराजित उम्मेद्वारहरु अन्जु दाहाल गौतमले ४०, गायत्री थापाले ३९, रुपा देउजाले ४०, विनितासिंह ठकुरीले ४० र जसपाकी चुलियादेवि साहले ४० मत मात्रै पाएका थिए।

गठबन्धन पराजित भएसँगै महानगर कार्यपालिकामा एमालेको बहुमत पुगेको छ। मेयर, उपमेयर, १९ वडाका वडाध्यक्ष र अहिले निर्वाचत ८ सदस्यसहितको २९ सदस्यीय महानगर कार्यपालिकामा एमालेका उपमेयर, ९ वडाध्यक्षसहित १५ जना भएका छन्।

कार्यपालिकामा कांग्रेसका मेयरसहित ६ वडाध्यक्ष, स्वतन्त्रको १ वडाध्ययक्षसहित तीन, जसपाको २ वडाध्यक्ष र राप्रपाको १ वडाध्यक्ष कार्यपालिकामा हुनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.