|

दाङ  : लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बुधबार  लुम्बिनी प्रदेश सभामा आगामी वर्ष २०७९- ८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। उनले लुम्बिनी प्रदेश सभामा प्रस्तुत गरेका हुन्। 

नीति तथा कार्यक्रममा जनसुशासन कार्यक्रममा हेलौँ मुख्यमन्त्री, शैक्षिक सुधारका लागि मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम गरिएको छ। डिजिटल  प्रदेश निर्माणका कार्यक्रम अगाडि बढाएको छ। त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनले सम्बन्ध सुधार र अन्तराष्ट्रिय  गौतम बुद्ध एयरपोर्ट सञ्चालनले गर्दा लुम्बिनी समृद्धिलाई पूर्णता दिन पनि बताइएको छ। 

आर्थिक नीतिमा उत्पादनमा वृद्धि, सुशासन, प्रदेशको राजधानी राप्ती देउखुरी, लुम्बिनी अस्पताल, प्रदेश विश्व विद्यालय,  जीवराज आश्रित सडक निर्माण आयोजना र नौमुरे विद्युत आयोजनालाई गौरवका आयोजनामा अगाडि बढाइने प्रदेश प्रमुखद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ।

त्यस्तै स्वास्थ्यमा आम जनताको अधिकारलाई पूर्णता दिनका लागि स्वास्थ्य भवन निर्माण, औषधीको उपलब्धता लगायतको कार्यक्रम गरिने बताइएको छ। लुम्बिनी प्रादेशिक मूलककै नमूना अस्पताल तथा मूलककै नमूना मेडिकल कलेज सञ्चालन गरिने बताइएको छ।

त्यस्तै प्रदेश प्रमुखले प्रस्तुत गरेको  नीति तथा कार्यक्रममा १८६ बुँदामा समेटिएका विभिन्न लुम्बिनी प्रदेशका नीति तथा कार्यक्रम राखिएको छ। यसैगरी  स्थानीय तहसँगको समन्वयमा महिलाहरूको पाठेघरको मुखको क्यान्सर परीक्षणलाई प्रत्येक स्थानीय तहसम्म विस्तार गरिनेछ।

क्यान्सर, किड्नी फेर्ने र मुटुको भल्भ फेर्ने बिरामीहरूलाई उपचारको लागि प्रदेश सरकारको तर्फबाट दुई लाख उपचार सहुलियत दिने कार्यक्रमलाई निरन्तरता दिइने पनि उल्लेख छ।  स्थानीय तहको मागका आधारमा प्रदेशका विद्यालयहरूमा स्वयंसेवकको रुपमा स्वास्थ्यकर्मी परिचालन गरिने र  प्रदेशबाट प्रदान गरिने स्वास्थ्य सेवाको सूचनालाई डिजिटल प्रणालीमार्फत एकीकृत स्वास्थ्य सूचना प्रणालीको रुपमा विकास गरिने पनि बताइएको छ।

त्यस्तै, सुत्केरी तथा नवजात शिशुको पोषणमा सुधार ल्याउन सुत्केरी पोषण आहार निःशुल्क वितरण गर्ने व्यवस्था मिलाउने जटिल अवस्थाका गर्भवती तथा सुत्केरी महिलाहरूको थप उपचारको लागि संघीय सरकारसँगको समन्वयमा निःशुल्क हवाइ उद्धार तथा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने पनि उल्लेख गरिएको छ।

प्रदेशमा सुविधा सम्पन्न बाल अस्पताल स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

पूर्णपाठ :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.