|

काठमाडौं : काठमाडौं महानगरका पूर्वमेयर केशव स्थापितले वर्तमान मेयर बालेन शाहलाई हरेक विकासका काममा सघाउने उद्घोष गरेका छन्।

काठमाडौंको विकास र समृद्दिका लागि बालेनले चालेका हरेक रचनात्मक काममा सघाउने उनले बताएका हुन्। साथै शाहले कुनै कमजोरी गरेमा निरन्तर खबरदारी गर्ने चेतावनी समेत उनले दिएका छन्।

यसका साथै उनले विकास र समृद्दिका लागि स्थानीय तथा अन्य सबै सरोकारवालासँग अन्तक्रिया समेत गर्दै जानुपर्ने सुझाएका छन्।

आज बेलुकी फेसबुकमार्फत स्टाटस लेख्दै उनले यस्तो बताएका हुन्। उनले लेखेका छन्, 'काठमाडौंको विकास र समृद्धिसँगै काठमाडौँ महानगरपालिकामा मेयर पदमा निर्वाचित बालेन्द्र शाहले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहने छ। यद्यपि, तपाईंले गरेका हरेक कमजोरीमा भने म निरन्तर खवरदारी अवश्य गरिरहने छु। समृद्धि र विकासको लागि स्थानीय र सबै सरोकारवालासँग अन्तरक्रिया अपरिहार्य छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.