|

तनहुँ  : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्यामनजिक सडक भत्किँदा सवारी आवागमन अवरुद्ध भएको छ। 

रातिदेखिको वर्षाका कारण सडकको एक भाग भत्किएको हो। करिब २० मिटर सडक भत्किएको प्रहरीले जनाएको छ। 

सडक तलबाट पहिरो खसेकाले बेलिब्रिज नराखेसम्म सवारीसाधन आवतजावत सम्भव नरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

तत्काल मर्मतसम्भार पनि गर्न सम्भव नभएकाले सवारीसाधन फर्काएको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.