|

चितवन : पृथ्वी राजमार्गको मौवाखोलामा सहचालकको मृत्यु भएको छ।

इच्छाकामना गाउँपालिकाको मौवाखोलामा बसले ठक्कर दिँदा सुनसरी झुम्काका २३ वर्षीय जनक दाहालको मृत्यु भएको हो ।
 
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौंबाट भारतको सिलगी जाँदै गरेको बा५ख ७८४३ नम्बरको नेपाल–भारत मैत्री बसले सहचालक दाहाललाई ठक्कर दिएको हो। 

घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ।

बसका चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.