|

हेटौंडा : हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सोमबार हुँदैछ। 

उपाधि हात पार्न मकवानपुरको घरेलु टोली विजय युथ क्लब र नेपाल आर्मी क्लब भिड्दैछन्। हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा दुई टोली दिउँसो ३ः३० बजे आमनेसामने हुनेछन्। 

विजय युथ  समूह ‘ए’ को टोली विजेता बन्दै फाइनल प्रवेश गरेको हो भने आर्मी समूह ‘बी’ को टोली विजेता बन्दै फाइनल प्रवेश गरेको हो। आर्मी नेपाल एपीएफ र क्यामरुनी टोली एभिनियर एफसीलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो। यस्तै विजय युथले नव जनजागृति युवा क्लब सिमरा र नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो। 

यसअघि तेस्रो संस्करणमा आर्मी विजेता बनेको थियो भने विजय युथ उपविजेता बनेको थियो।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद १५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै विधागत उत्कृष्ट खेलाडीले नगद २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सर्वोकृष्ट खेलाडीले रोयल ‘इनफिल्ड’ बाइक प्राप्त गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.