|

काठमाडौं : धादिङको थाङ्क्रे गाउँपालिका– १ स्थित  खयरघारीमा सवारी दुर्घटना हुँदा चारजना घाइते भएका छन्।

झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बसले  ओभरटेक गर्ने क्रममा काठमाडौंबाट मनकामना जाँदै गरेको ट्याक्सी दुर्घटनामा परेको हो।

घाइते ट्याक्सी​मा सवार चारैजनालाई उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।

ओभरटेक गर्ने बसलाई प्रहरीले सिम्ले चौकीमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.