|

काठमाडौं : स्वास्थ्यमन्त्री विरोध खतिवडाले २४ लाख खोप घोटाला भएको पुष्टि गर्न चुनौती दिएका छन्। 

प्रतिनिधिसभाको बैठकमा बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘२४ लाख खोप कहाँ गयो? भनेर धेरै कुरा उठ्यो। त्यस विषयमा मैले भनिसकेको छु। स्वास्थ्य मन्त्रालयको वेबसाइटमा कुन खोप कति कहाँबाट आयो? र कुन प्रदेशका कति भयो भनेर राखेका छौँ।’

उनले  ५ करोड ३३ लाख आएर, ४ करोड ८७ लाख खर्च भएको र ४६ लाख ४७ हजार खोप स्टक रहेको समेत बताए। 

उनले चुनौती दिँदै भने, ‘२४ लाख मैले घोटाला गरेको भेटिन्छ म चुनौती दिन चाहन्छु। देख्नेहरूले आफू जस्तो छ अरूलाई त्यस्तै देख्छ जस्तैः चोरले चोर, बदमासले बदमास र सर्पको खुट्टा सर्पले देख्छ। कुनै प्रदेशमा गएर स्वास्थ्य मन्त्रालय दिएको खोपको डाटा हेर्नुस्। ७ प्रदेश र ७७ जिल्लाको खोपबारे हुर्नुहोला। मैले भनेर र उहाँहरूले दिएको डाटा फरक पर्‍यो भनेर म आरोपित हुन इच्छुक छु।’

आरोप लगाउनेहरूलाई व्यंग्य गर्दै उनले आफूलाई झुट सावित गरेर देखाउनेतिर लाग्नसमेत आग्रह गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.