|

बैतडी : सुदूरपश्चिम प्रदेशका तीन जिल्ला बैतडी, बझाङ र दार्चुला जोड्ने मुख्य बजार पाटन नगरपालिका ८ खोडपेमा खानेपानीको चरम अभाव छ। पाँच दिनदेखि यहाँ खानेपानीको हाहाकार भएको हो।  

खानेपानीको आपूर्ति गर्ने सिद्धेश्वर खानेपानी योजनामामा समस्या आएपछि यहाँ खानेपानीको समस्या भएको हो । योजनाका सचिव  मोहन बिष्टले लिफ्टिङ प्रणालीबाट सञ्चालन हुँदै आएको खानेपानी विद्युतको खराबीले अवरुद्ध भएको बताए । 

खानेपानीको हाहाकार भएपछि यहाँका होटेल व्यवसायी, कार्यालय, यात्रुलाई समेत समस्या हुने गरेको छ। होटेल व्यवसायी सन्तोष राईले खोनेपानीका कारण निकै समस्या भएको बताए। ‘खानेपानी नभएकै कारण चार दिनदेखि होटेलको व्यापार सुस्त छ’, उनले भने।

पाटन नगरपालिका  ८ का वडाध्यक्ष हरिश बिष्टले समस्या समाधानको लागि पहल भइरहेको बताए। उनले  तत्कालका दमकलबाट खानेपानी वितरण गर्न थालेको जानकारी दिए। ‘बजारमा खानेपानीको चरम अभाव भएपछि नगरपालिकाको दमकलबाट खानेपानी आपूर्ति गर्न थालेका छौँ’, उनले भने, ‘यसले केही राहत भएको छ।’

विद्युत् वितरण केन्द्रको टोली आएर  मर्मत गरिरहेकोले समस्या छ्टिै समाधान हुने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.