|

काठमाडौं : नेकपा एमालेले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई आजदेखि दुई दिने प्रशिक्षण दिने भएको छ। 

पार्टीको स्कुल विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रम भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा हुनेछ। प्रशिक्षण अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्धघाटन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। 

प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख गरी ४ सय ४५ जना जनप्रतिनिधि र पार्टीका शीर्ष नेताहरु सहभागी हुने उपप्रमुख रिजालले बताए। नवनिर्वाचित जनप्रतिनिधिहरुलाई चुनावी घोषणा पत्र, आगामी दिनमा कसरी अगाडी बढेर जाने तथा राष्ट्रिय राजनीति लगायत विविध विषयमा पशिक्षण दिइने उनको भनाइ छ। ​

स्थानियतहको मत परिणाममा दोस्रो स्थानमा रहेको एमालेले प्रमुखमा ८२, उपप्रमुखमा १ सय १४ तथा अध्यक्षमा १ सय २३ र १ सय २६ स्थानीय तहमा उपाध्यक्ष पद जितेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.