|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापन गर्न निजी क्षेत्रको सक्रिय सहभागिता र सहकार्यबिना सम्भव नभएको बताएका छन्। बिहीबार नेपाल चेम्बर अफ कमर्शले काठमाडौंमा आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो २०२२’ को उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापन गर्न निजी क्षेत्रको सक्रिय सहभागिता र सहकार्यबिना सम्भव नभएको बताएका हुन्।

उनले निर्यात प्रवद्र्धन गरी आयात प्रतिस्थापनको लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए। प्रधानमन्त्री देउवाले स्वदेशी उत्पादनलाई बढी भन्दा बढी गुणस्तरीय बनाएर निर्यात प्रवद्र्धन गरी मुलुकको व्यापार घाटालाई कम गर्दै नेपालमा उत्पादन हुनसक्ने वस्तु तथा सेवा स्वदेशभित्रै उत्पादन गरी आयातलाई प्रतिस्थापन गर्ने सरकारको पहिलो प्राथमिकता रहेको दाबी गरे।

उनले व्यापार एक्स्पो तथा प्रदर्शनीहरुमा स्वदेशी उत्पादन, कच्चा पदार्थ र नेपाली मौलिक प्रविधि सिपबाट उत्पादित स्वदेशी वस्तुहरुलाई प्रथमिकताका साथ समावेश गरी वस्तुहरुको प्रचारप्रसार तथा पहुँचमा जोड दिन आवश्यक रहेको बताए।

प्रधानमन्त्री देउवाले स्वदेशी वस्तुको प्रचारप्रसारले निकासी प्रवद्र्धनमा सहयोग पुग्नुको साथै साना र मझौला उद्योगहरुको संरक्षण र दिगो विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री देउवाले भने,‘स्वदेशी उत्पादनलाई बढीभन्दा बढी गुणस्तरीय बनाई निर्यात प्रवद्र्धन गरी व्यापार घाटालाई कम गर्ने नेपालमा उत्पादन हुनसक्ने वस्तु तथा सेवा नेपालभित्रै उत्पादन गरी आयातलाई प्रतिस्थापन गर्ने सरकारको प्राथमिकताको विषय हुन्। निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापन गर्ने विषय निजी क्षेत्रको सक्रिय सहभागिता एवम सहकार्य बिना सम्भव छैन।'

प्रधानमन्त्री देउवाले चेम्बरले आयोजना गरेको व्यापार सम्मेलनले कोभिड–१९ बाट थला परेको व्यापार व्यवसायमा थप गति र ऊर्जा प्रदान गर्ने बताए।

उनले नेपाली उत्पादनको बजारिकरण र अन्तर्राष्ट्रियकरण गरी नेपालको आर्थिक गतिविधिलाई चलायमान बनाउन यस्ता एक्स्पोले सहयोग गर्नेमा दुईमत नभएको दाबी गर्नुभयो। प्रधानमन्त्री देउवाले नेपाली उत्पादनको निर्यात वृद्धि गर्न विदेशी लगानीकर्तालाई नेपालमा उद्योग व्यवसायमा लगानी गर्न उत्प्रेरित गर्ने बताए।

प्रधानमन्त्री देउवाले भने, ‘नेपालको उद्योग वाणिज्य क्षेत्रको विकासको लागि विगत ७ दशकदेखि क्रियाशिल नेपाल चेम्बर अफ कमर्स इतिहास बोकेको संस्था हो। मुलुकका प्रतिष्ठित उद्योगी व्यवसायीआवद्ध यस संस्था काठमाडौं उपत्यकामा निजी क्षेत्रको जेठो छाता संगठन हो। कोभिड–१९का कारण थला परेको व्यापारलाई सम्मेलनले थप गति र उर्जा प्रदान गर्ने विश्वास लिएको छु।'

त्यस्तै, चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले अन्तर्राष्ट्रिय व्यापार सम्मेलन गर्नको लागि सरकारले छुट्टै स्थानको व्यवस्था गर्न माग गरे।

मेलामा स्वदेशी उत्पादन तथा विदेशी नयाँ–नयाँ वस्तुहरु प्रदर्शनीको लागि राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.