|

पाल्पा : पाल्पाको रानीमहलस्थित कालीगण्डकी नदीमा डुंगा पल्टिएर डुबेका ७ जनाको सकुशल उद्वार भएको छ। र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा त्यसमा सवार उनीहरू बिहीबार बेलुकी पौने ७ बजे डुबेका हुन्।

भारतबाट रानीमहल घुम्न आएका पर्यटक डुबेका हुन्। बेपत्ता भएको करिब १५ मिनेटमा सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनक शाहीले बताए।

रानीमहल क्षेत्रमा रानीमहल तेजकुमारीबीच क्याम्पबाट डुंगा सञ्चालन भएको थियो। अस्थायी प्रहरी चौकी रानीमहलका हवल्दार दधिराम कार्कीको नेतृत्वमा रहेको प्रहरी टोली र डुंगा चालकले उद्धार गरेको उनले बताए। डुंगा पुलको पिलरमा ठोकिएर पल्टिएको थियो। डुबेका सबैको अवस्था सामान्य छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.