|

काठमाडौं : संघीय संसद्को दुवै सदनका बैठक शुक्रबार पनि बस्दैछन्। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा अर्थ समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ। 

अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ र ‘बिमा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेश गर्ने कार्यक्रम छ। बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक, २०७९’ पेश गर्ने कार्यसूची छ।

गृहमन्त्री खाँणले ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधयेक, २०७९’ तथा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयका महासचिव डा. भरतराज गौतम संघीय संसदको जानकारी दिए। 

पनि आज बस्दैछ । बिहान ११ बजे बस्ने राष्ट्रियसभाको बैठकमा सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक २०७९ सभासमक्ष पेश गर्ने कार्यसूची छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.