|

काठमाडौं : पछिल्लो समय बाघले मानिसलाई आक्रमण गरेको धेरै घटना सार्वजनिक भइरहेका छन्। केही समययता बाघको आक्रमणबाटकसैको ज्यान लिएको छ भने धेरै  घाइते भएका छन्।

बाघको आतंकले जंगल वरिपरी बसोबास गर्नेहरू त्रासमा छन्।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठका अनुसार यी कारण मान्छेलाई आक्रमण गर्छ– 

- बाघलगायत अन्य जन्तुले आफूलाई असुरक्षित महशुस भयो भने मान्छेलाई आक्रमण गर्छन्। 

- बूढो वा घाइते बाघ भए गाईभैँसीलाई आक्रमण गर्छ र त्यतिवेला मानिस देखिएआक्रमण गर्छ। 

- पोथी बाघले बच्चा लिएर हिँडेको बेला असुरक्षित महशुस गरेर आक्रमण गर्छ।

- बाघले आफू बस्ने क्षेत्र ओगट्छ र निर्धारण गर्छ। उसले नयाँ ठाउँ खोज्छ। बासका लागि नयाँ ठाउँ खोज्ने वेला पनि उसले मान्छेलाई आक्रमण गर्न सक्छ। 
 
आक्रमणबाट जोगिने उपाय

- वन क्षेत्रमा एक्लै प्रवेश नगर्ने, जानै पर्ने भए समूहमा जाने।

- वृद्धवृद्धा र बालबालिका भाग्न नसक्ने भएकाले उनीहरूलाई जंगलमा प्रवेश नगराउने।

- राति वनमा नजाने।

- घर वरपर झाडी भए फाँडेर सफा राख्ने।

- बस्तीमा अँध्यारो छ भने उज्यालोको व्यवस्था गर्ने।

- गाउँघरमा जंगली वन्यजन्तु पस्न नदिने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.