|

धनकुटा : धनकुटा जिल्ला भलिबल संघको नयाँ कार्य समिति चयन गरिएको छ। भलिबल संघको १४ औँ जिल्ला अधिवेशनले दोस्रो कार्यकालका लागि गौरव कार्कीकाे अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

संघको उपाध्यक्षमा गणेश पाण्डे र दिनेश राज सुवेदी, महासचिवमा रविन कुमार लिम्बू, कोषाध्यक्षमा अमृत राई चयन भएका छन्। यस्तै संघको सदस्यमा राष्ट्रमिला राई, जुनु राई, सुबन श्रेष्ठ, सुरज लिम्बू र पदम भट्टराई, सुविन राई, विश्वेश्वर तिम्सिना, यम पौडेल र झमक श्रेष्ठ चयन भएका छन्।

नवनिर्वाचित कार्यसमितिले खेलाडीको क्षमता विकासका लागि कार्ययोजना बनाएर अघि बढ्ने नवनिर्वाचित अध्यक्ष कार्कीले बताए। भलिबल संघले जिल्लामा विभिन्न अवसर पारेर खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्ने उनले जानकारी दिए।

भलिबल संघको १४ औं जिल्ला अधिवेशन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.