|
फाइल फोटो

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। 

बैठकमा अमरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी), गठबन्धनको भविष्य र अन्य समसाहिक विषयमा छलफल भएको छ। 

छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत शीर्ष नेता सहभागी रहेको बताइएको छ। 

नेपाली सेनाले एसपिपीमा सहभागी हुन पठाएको पत्र सार्वजनिक भएपछि तरङ्ग पैदा भइरहेको छ। प्रधानमन्त्री देउवाले अमेरिका भ्रमणको क्रममा सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको भए पनि गठबन्धन नेताहरूको दबाबका कारणले पछि हटेका छन्। 

प्रधानमन्त्री देउवालाई अमेरिका भ्रमण र एसपिपीबारे जानकारी लिन प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले बोलाएको थियो। तर देउवा गएनन्। यसअघि शुक्रबार परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई  समितिले बोलाएर छलफल गरेको थियो। 

त्यसो त शनिबार भएको प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच  छलफलमा एसपिपी अस्वीकार गर्दै सरकारले पत्र पठाउनुपर्ने सहमति बनेको थियो। आजको बैठकले नेताहरूले प्रधानमन्त्रीलाई अमेरिकालाई अस्वीकार गरेको पत्र लेख्न दबाब दिएको स्रोतले बताएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.