|

काठमाडौं : नेपालको पहिलो उच्च शिक्षा दिने संस्था हो त्रिचन्द्र कलेज। यसको स्थापना भएपछि नै नेपालमा विधिवत् रूपमा उच्च शिक्षा आरम्भ भएको इतिहास छ। तर हाल संरक्षण अभावले अहिले यो जीर्ण बनेको छ। तर,पनि पुनर्निर्माण गर्नमा सरकारले पहल गरेको छैन।

अहिले चारैतिर हरियो झारजंगलले ढाकेको छ। पानी जमेर पोखरी बनेको छ। पठनपाठनसमेत बन्द गरिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २०७२ मा बनेको राष्ट्रिय पुनर्निर्माण तथा पुनःस्थापना नीतिमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्षतिग्रस्त केन्द्रीय प्रशासनिक भवन र केन्द्रीय पुस्तकालय भवनको विस्तृत प्राविधिक परीक्षण गरि पुनर्निर्माण तथा मर्मत सम्भार गरिने उल्लेख गरिएको थियो।

तर,अहिले सम्म बन्न सकेको छैन। तत्काल पुनर्निर्माण गर्न माग गर्दै त्यहाँका विधार्थीहरु सडकमै आएर विरोध गर्न थालेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.