'मतपत्रकै कारण धेरै ठाउँ हारियो'

|

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनकै कारणले आफ्नो दलको उपस्थिति महानगर र उपमहानगरमा भएको बताएका छन्।समाजवादी प्रेस संगठनले आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा नेपालले स्थानीय निर्वाचनको समीक्षा गरिरहेको बताएका हुन्।

मतपत्रकै कारणले काठमाडौंलगायत ठाउँमा आफूहरूले हार बेहोर्नुपरेको जिकिर गरे। 'मत धेरै बदर भयो। उम्मेदवार नभएको ठाउँमा चिह्न नराख्ने वचन निर्वाचन आयोगले पूरा गरेन', अध्यक्ष नेपालले आयोगमाथि आरोप लगाउँदै भने।

उनले आउँदो प्रदेश र संघीय चुनावमा पनि गठबन्धन एकताबद्ध भएर जाने स्पष्ट पारे। 'बालुवाटारमा भएको छलफलमा पनि हामी एकताबद्ध भएर जाने सहमति भएको छ', अध्यक्ष नेपालले भने। अहिले एसपिपीबारे पनि गठबन्धनको बैठक राखेर जनतालाई सबै कुराको जानकारी गराउने सहमति भएको नेपालले जानकारी दिए। 'राष्ट्रियताको सवालमा सबै सचेत हुनुपर्छ', उनले भने।

उनले मंसिरमा नै निर्वाचन हुने कुरामा विश्वस्त हुन सबैलाई आग्रह गरे। पार्टीभित्र पनि स्थानीय तहमा धेरै गीत गाएर होइन पार्टी संगठन विस्तारमा लाग्ने कुरा भइरहेको उनले बताए। अध्यक्ष नेपालले आफ्नो पार्टीको संगठन बलियो बनिसकेको जिकिर गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.