|
फाइल

काठमाडौं :  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्ना मन्त्रीहरू छिट्टै फेरिने बताएका छन्।

समाजवादी प्रेस संगठनले आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा नेपालले ६ महिनाको समय दिएर आफ्नो पार्टीले मन्त्री पठाएको बताए।

'केहीले सार्वजनिक रूपमै भनिसकेकन छन्। हामी नयाँ मन्त्री पठाइसकेका छौँ। प्रधानमन्त्री र माओवादीका साथीहरू पनि आफ्नो पार्टीमा समस्या आएको कारण केही समय रोकिएको हो', उनले बताए।

पार्टीले आफ्नो दलबाट मन्त्री बनेकाहरूलाई फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय गरिसकेको छ। यद्यपि, प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृति नदिँदा नयाँ मन्त्रीहरूलाई नियुक्ति दिइएको छैन।

हाल एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी छन्।

पार्टीले नयाँ सिफारिस गरेका मन्त्रीहरूका नामवालीमा भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् । त्यस्तै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीरा केसीलाई सिफारिस गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.